Logo
Logo

देउवाले गरे पार्टीका मन्त्रीहरूसँग छलफल, काममा ‘फेकस्ड’ हुन सुझाव


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका छन् ।

उनले आइतबार साँझ बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीसँग नयाँ सरकार बनेयता गरिरहेको कामबारे छलफल गरेका हुन् ।

सो क्रममा उनले मन्त्रीहरुसँग अप्ठ्याराहरू के–के छन् भनेर ब्रिफिङ मागेका थिए । त्यसअनुरूप मन्त्रीहरूले आफूले गरिरहेको काम र त्यसमा आइपर्ने नीतिगत, कानूनी तथा अन्य समस्याबारे ब्रिफिङ गरेका थिए ।

मन्त्रीहरूको ब्रिफिङ सुनिसकेपछि देउवाले कार्यशैली बदल्न र भाषणभन्दा बढी काममा काममा फोकस्ड हुन निर्देशन दिएका छन् । अहिले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार छ । जहाँ मुख्य साझेदारका रूपमा कांग्रेस छ । कांग्रेसबाट २ राज्यमन्त्रीसहित १२ मन्त्री सरकारमा सहभागी छन् ।

कांग्रेसबाट उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजू राणा देउवा, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे छन् ।

यस्तै अजयकुमार चौरसिया कानून, न्याय तथा संसदीय मामिलामन्त्री, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री, रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकासमन्त्री, दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्