Logo
Logo

प्रधानमन्त्रीलाई भेट गर्न नपाएको वामदेव गौतमको गुनासो


7.2k
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफूले प्रधानमन्त्रीसँग भेट्न समय नपाएको गुनासो गरेका छन् ।  

आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै गौतमले देश र जनताका विषयमा कुरा गर्न आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न खोजेपनि समय नपाएको गुनासो गरेका हुन् । 

सरकारका प्रमुखसँग कुरा गर्दा हुने विषयमा  प्रधानमन्त्रीसँग भेट गर्न समय नपाएकाले राष्ट्रियसभालाई गुहारेर धारणा राखेको उनले बताए । गौतमले नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटनाहरू धेरै हुने गरेको उल्लेख गरे । प्राकृतिक प्रकोपका घटना घट्नुभन्दा पहिले नै गर्नुपर्ने काममा विषयमा नेपालका राजनीतिक दलका नेताहरूको ध्यान जान नसकेको उनले बताए ।

उनले स्थायी रुपमा पहिरोबाट हुने क्षति रोक्न जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउनका लागि इजरायलको प्रविधि भित्राउनु पर्नेमा जोड दिए । गौतमले यसका लागि तत्कालै परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीले इजरायलका राजदूतसँग छलफल सुरु गर्नुपर्ने सुझाव दिए । ..

उनले नेपाली जनताको सुरक्षाका साथै विकास र समृद्धिका लागि पनि उक्त प्रविधि आवश्यक रहेको उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्