काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

यसअघि शुक्रबार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले झाको तर्फबाट बहस गरेका थिए ।
यस्तै जाहेरवालाको तर्फबाट थप कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीले इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो ।














