Logo
Logo

समाजवादी मोर्चाको सचिवालय बैठक स्थगित


378
Shares

काठमाडौं । आइतबार बस्ने भनिएको समाजवादी मोर्चाको सचिवालय बैठक स्थगित भएको छ ।

साउन १ गते बसेको मोर्चाको बैठकले पछिल्लो राजनीति घटनाक्रमको समीक्षा गरी १५ दिनमा राजनीतिक दस्तावेज पेस गर्ने निर्देशन दिएको थियो ।

दस्तावेजमा अन्तिमरूप दिन दिउँसो ३ बजे माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालयको बैठक बस्ने भनिएको थियो ।

तर सचिवालयका संयोजक खड्कबहादुर विश्वकर्मा बिरामी भएकाले बैठक स्थगित भएको सचिवालय सदस्य तथा माओवादीका महासचिव देव गुरुङले जानकारी दिए । गुरुङका अनुसार बैठक सोमबार दिउँसो ३ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्