Logo
Logo

बझाङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जना बेपत्ता


189
Shares

काठमाडौं । बझाङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जना बेपत्ता भएका छन् । आइतबार राति बुङ्गल नगरपालिका–१० को टुमेडास्थित स्थानीय वीर बहादुर धामीको घर पुरिंदा ४ जना बेपत्ता भएका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले पहिरोले पुरिँदा ४ जना बेपत्ता र अन्य ६ जनाले भने भागेर ज्यान जोगाएको जानकारी दिए । पहिरोमा पुरिएकाहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्