Logo
Logo

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


378
Shares

काठमाडौं । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–४ भालुफाटा स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको दुई मोटरसाइकलले नामथर नखुलेका पुरुषलाई ठक्कर दिएको थियो ।

आइतबार राति १०ः४५ तिर भएको दुर्घटनामा करिब ५० वर्षीय पुरुष घाइते भएका थिए । उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा सोमबार बिहान मृत्यु भएको हो । दुवै मोटरसाइकल नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान थालिएको र मृतकको पनि सनाखतको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्