Logo
Logo

समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै


504
Shares

काठमाडौं । समाजवादी मोर्चाको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे नेकपा माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजनाको समीक्षा गरी दस्तावेजलाई अन्तिम रूप दिने सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए । यसअघि आइतबार बस्ने भनिएको बैठक संयोजक खड्गबहादुर विश्वकर्मा बिरामी भएकाले स्थगित भएको थियो ।

साउन १ गते बसेको मोर्चाको बैठकले १५ दिनमा राजनीतिक दस्तावेज बुझाउन निर्देशन दिएको थियो । तर एक महिना पुरा भइसक्दा समेत दस्तावेजले पूर्णता पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्