Logo
Logo

सिन्धुपाल्चोकको तिपेनीमा सुख्खा पहिरो, इन्द्रावती नदी थुनियो


2.4k
Shares

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा सुख्खा पहिरो खसेको छ । नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, थाङपाल -७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा पहिरो खसेपछि इन्द्रावती नदी थुनिएको छ ।

पहिरोपछि जोखिममा रहेका स्थानीय तथा अस्पतालका सामग्रीहरु सुरक्षित स्थानमा सार्न सेनाको इन्द्रध्वज गणबाट फौज खटिएको सेनाले जनाएको छ ।

सिन्धुपाल्चोक प्रशासनले पनि विज्ञप्ति जारी गरेर खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम भएको भन्दै तटिय क्षेत्रमा बसोबास गर्न स्थानीयलाई उच्च सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्