Logo
Logo

नेपाल प्रिमियर लिग मंसिर १५ देखि


378
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरिएको छ ।

 सोमबार साँझ काठमाडौंमा आयोजित विशेष समारोहबीच खेलकुदमन्त्री तेजु लाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेका हुन् । क्यानले आगामी मंसिर १५ गतेदेखि पौष ६ गतेसम्म नेपाल प्रिमियर लिग आयोजना गर्ने जानकारी समेत दिएको छ ।

कार्यक्रममा खेलकुद मन्त्री चौधरीले क्रिकेटले नेपाललाई विश्वमाझ चिनाएको भन्दै क्रिकेटको विकासमा सदैव सहयोग गर्न तयार रहेको बताए । त्यस्तै क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगको आयोजनासँगै घरेलु क्रिकेटको नयाँ युगको सुरुवात हुने र क्रिकेटको व्यवसायिकतामा नयाँ आयाम थप्ने बताए ।

त्यस्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सबैको साथ र सहयोगमा लिगलाई सफल बनाउने जिकिर गरे । 

प्रतिक्रिया दिनुहोस्