Logo
Logo

परराष्ट्रमन्त्री आरजु राणा र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता


1k
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसॅग आज साँझ शिष्टाचार भेटवार्ता गरेकी छन् ।

भेटमा नेपाल भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले जानकारी दिए ।

थापाका अनुसार प्रधानमन्त्री केपी ओलीले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणापत्र परराष्ट्रमन्त्री राणाले हस्तान्तरण गरेका छन् ।

उनले यसअघि भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच गरेका थिए । दिल्लीस्थित हैदराबाद हाउसना भएको भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्