Logo
Logo

लामो समयपछि प्रचण्ड, देउवा र माधव एउटै मञ्चमा देखिँदै


8.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आज एउटै मञ्चमा देखिँदैछन् ।

स्कुल अफ डेमोक्रसीले नेपाली कांग्रेसका पूर्वनेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा तीन शीर्ष नेतालाई पाहुनाका रुपमा बोलाएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा देउवालाई बोलाइएको छ ।

त्यस्तै विशिष्ट अतिथिमा प्रचण्ड, माधव नेपाल, एमालेका महासचिव शंकर पोखरेल, कांग्रेस नेता डा. शेखर कोइराला र लोसपाका सभापति महन्थ ठाकुरलाई बोलाइएको छ ।

स्थानीय तह निर्वाचनको बेलामा चितवनमा एउटै मञ्चमा सहभागी भएका देउवा, प्रचण्ड र माधव नेपाल एउटै सार्वजनिक मञ्चमा लामो समयपछि देखिन लागेका हुन् । कार्यक्रम आज दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्