Logo
Logo

हाम्रो गठबन्धनमा साढे ३ वर्षसम्म कुनै उथलपुथल हुँदैन : गगन थापा 


1k
Shares

 
रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले बनेको सत्ता गठबन्धन पुरा कार्यकाल टिक्ने दावी गरेका छन् । उनले वर्तमान सत्ता गठबन्धन साढे ३ वर्ष नै चल्ने र त्यसबीचमा कुनै उथलपुथल नहुने दाबी गरे । 

महामन्त्री थापाले वर्तमान सरकारले संविधान संसोधन गरेर मुलुकलाई सही रुपमा निकास दिने समेत बताए । उनले संविधान गतिशील दस्तावेज भएकाले समयको आवश्यकता अनुसार संशोधन गर्दै जानु पर्ने उल्लेख गर्दै संविधान संसोधन पछि मुलुकले थप विकास गर्दै जाने बताए ।  

नेपाली कांग्रेस रूपन्देहीले लुम्बिनीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपाली काँग्रेस र नेकपा एमाले सहितको गठबन्धन सरकार मुलुकमा देखिएका समस्या समाधानमा केन्द्रित भएर जनताको काम गर्ने पनि बताए ।  

महामन्त्री थापाले कांग्रेस र एमाले निश्चित उद्देश्य पुरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पुरा गर्ने बताए । उनले कांग्रेस र एमाले बीचको सम्युक्त सरकार यस अघि पनि पटक पटक निर्माण भई मुलुक र जनताको हितमा काम गरेका कारण यस पटक पनि जुन उद्धेश्यले निर्माण भएको हो त्यो पुरा गरेरै छाड्ने बताए । 

महामन्त्री थापाले कांग्रेस रुपन्देहीले सुरु गरेको प्रशिक्षणको कार्यक्रम अब देशभर नै सुरु हुने बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले पार्टीलाई एकताबद्ध बनाएर अब अघि बढाउनुको विकल्प नभएको बताए । 

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जनप्रतिनिधिहरू जनता भन्दा ठूलो हुँ भन्ने भावना राख्न नहुने बताए । नेपाली कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाँणले प्रशिक्षण कार्यक्रमले पार्टीलाई अझै बलियो र गतिशील बनाउने बताए । 

३ दिनसम्म चल्ने कार्यक्रममा गोविन्द्र पोखरेल, सुरेश आचार्य, छन्द्रकुमार पहराई र उमेश श्रेष्ठले परीक्षण दिने छन् भने कार्यक्रमको समापनको लागि पार्टी उपसभापति पूर्णबहादुर खड्का आउने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस्