Logo
Logo

विराटनगरमा बाल सुधारगृहको तारबार नाघेर दुई बालक फरार


252
Shares

विराटनगर । विराटनगरको बाल सुधारगृहबाट दुई जना बालक फरार भएका छन् ।

कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका दुई बालक फरार भएको मोरङका डीएसपी एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

दुवै बालक १६ वर्ष उमेरका रहेका उनले जानकारी दिए । उनीहरू मंगलबार दिउँसो ३ बजेतिर तार नाघेर भागेका हुन् ।अदालतले कोसी गाउँपालिकाका बालकलाई १२ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।

बराहक्षेत्र नगरपालिका–११ घर भएका बालकलाई जबर्जस्ती करणी मुद्दामा अदालतले गत असार २८ गते पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्