Logo
Logo

लगातारको वर्षाले डुब्यो कैलालीका अधिकांश बस्ती


504
Shares

काठमाडौं । गए रातिदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीका अधिकांश बस्ती डुबानमा परेका छन् । कैलालीको कान्द्रा नदी र मोहना नदीमा पानीको सतह नाघेपछि जिल्लाका अधिकांश बस्ती जलमग्न र डुबानमा परेका हुन् ।

अहिलेसम्म घोडाघोडी नगरपालिका–९, गौरीगंगा नगरपालिका, गौरीगंगा नगरपालिका–७ र ९ मा गरेर करीब एक दर्जन बढी घर डुबानमा परेको छ ।

कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहोराले प्रायः जसो सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेको बताए । उनले ती नदी तथा खोला आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्