
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ । बिहान साढे ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको बैठकमा विभिन्न १० कार्यसूचीमाथि छलफल भइरहेको छ ।
यस्तै बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदन, समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ । त्यसैगरी राष्ट्रिय भेलाको तयारी र कार्ययोजनाबारे पनि बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।
संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशमा विधान संशोधन, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा पनि बैठकमा छलफल हुने छ ।














