Logo
Logo

पोखराबाट काठमाडौं उडेको बुद्धको जहाज भैरहवामा ल्याण्ड


2.3k
Shares

काठमाडौं । पोखराबाट काठमाडौंका लागि उडेको विमान भैरहवा डाइभर्ट भएको छ ।

आज बिहान ९ बजे पोखराबाट ७२ जना यात्रु लिएर उडेको बुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को विमान मौसम खराबीका कारण काडमाडौं अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको हो ।

जहाज काठमाडौंका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको पोखरा विमानस्थलका सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिए । अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुने जानकारी दिइएको छ ।

पोखराबाट उडान भर्ने बेला काठमाडौं मौसम ठिकै देखिए पनि पछि खराबी आएको विमानस्थलको भनाइ छ । बिहान पोखरा विमानस्थलबाट २ वटा बुद्ध एयरको जहाज काठमाडौंका लागि उडेको थियो । त्यसमध्ये एउटा ल्याण्ड भएको छ भने अर्को भिजिविलिटीका कारण अवतरण गर्न नसकी भैरहवा ल्याण्ड भएको हो ।

प्रतिक्रिया दिनुहोस्