Logo
Logo

अस्पतालका उपकरणको मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई


441
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर भएको हो । अस्पतालमा खेर गइरहेका उपकरण मर्मतमा सघाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले केही दिनअघि पुनसँग आग्रह गरेका थिए । सोहीअनुसार पुन नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो ।

केन्द्रले अब हाल मन्त्रालयअन्र्तगतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिने र त्यसपश्चात मर्मत सम्भव भएका उपकरणहरुको मर्मत गर्ने भएको छ ।

केन्द्र अध्यक्ष पुनले राज्यले आफूहरुलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुशी प्रकट गदैै भने, ‘राज्यले हामीलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको छ । अब हामी हाम्रै श्रोत साधन र प्राविधिकको उपयोग गरेर मर्मत गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्