Logo
Logo

राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् एजेण्डा


252
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै मन्त्री चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ दफावार छलफलका लागि प्रस्तुत गर्दै पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्