Logo
Logo

भैसीले हान्दा गोठमै मर्यो बाघ


819
Shares

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापुरमा भैंसी गोठमा बाघ मृत अवस्थामा फेला परेको छ । बिहीबार बिहान प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्न गोठमा आएका बाघलाई उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको हो ।

बाघ र भैंसीको जुधाजुध भएपछि घरधनीले थाहा पाएका थिए । त्यसपछि छिमेकीहरूसहित घरधनी गोठमा पुग्दा भैंसी घाइते र बाघ मरेको अवस्थामा पाइएको थियो ।

घटनास्थलमा पुगेर फर्किर्एका इलाका प्रहरी कार्यालय मनहरीका सई सन्तोष चौधरीले भैंसीले प्रतिकार गर्दा बाघ मरेको हुनसक्ने बताए । घटनाको थप अनुसन्धान र पोस्टमार्टमका लागि मृत बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, कसरा लगिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्