
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बु स्कुलको प्राङ्गणमा प्रेसर कुकरमा तारले बाँधिएकोजस्तो देखिने गरी शंकास्पद वस्तु फेला थियो । उक्त वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।
नजिकैको सीसीटीभी फुटेजमा देखिएको दृश्यअनुसार बुधबार दिउँसो करिब सवा १ बजेको समयमा एक युवकले उक्त शंकास्पद वस्तु राखेर गएका थिए । उक्त वस्तु बम हो वा होइन भन्नेबारे प्रहरीले केहि खुलाएको छ ।














