जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजनसहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुनेगरी नयाँ कानुन बनाउन लागिएको बताएका छन् ।
सिरहा र धनुषामा आयोजना हुने कार्यक्रममा सहभागी हुन बिहीबार जनकपुर आइपुगेका गृहमन्त्री लेखकले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले नयाँ प्रहरी कानुन बनाउन गृहबाट निर्णय गरि अर्थ मन्त्रालयमा पठाइसकिएको बताए ।

प्रहरीसम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन तथा प्रदेश प्रहरी गठन र समायोजनका काम धमाधम अगाडि बढ्ने उनले बताए । उनले वर्तमान सरकार मुलुकमा शान्ति सुव्यस्था र विधिको शासन कायम गर्न गठन भएको पनि बताए ।
राजनीतिक स्थितरता, आर्थिक गतिविधि बढाउन, संघीय लोकतान्त्रिक व्यवस्था र समावेशितासहितको संविधान र विधि बचाउन वर्तमात सरकार अगाडि बढिरहेको गृहमन्त्री लेखकको भनाइ छ ।














