Logo
Logo

‘सिधाकुरा डटकम’ विरुद्धको मुद्दामा आजै फैसला आउन सक्ने


504
Shares

काठमाडौं । सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’विरूद्ध अदालतको अवहेलना मुद्दामा आज फैसला सुनाउन पेशी तोकिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित ९ जना न्यायाधीशको पूर्ण इजलासले आज फैसला सुनाउन सक्ने छ ।

यसअघि गत साउन १७ गते बसेको पूर्ण इजलासले १५ दिनभित्र बहस नोट पेस गर्न र भदौ ६ गते निर्णय सुनाउने भनेर पेशी तोकिएको थियो । बृहत् पूर्ण इजलासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल छन् ।

सिधा कुरा डटकमले चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको ‘स्टिङ अपरेसन’ ‘डार्क फाइल्स’ नाममा शृंखलाबद्ध प्रसारण गरेको थियो ।

उक्त समाचार झुट्टो भन्दै सर्वोच्चमा रिट परेको थियो । त्यस रिटमा सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सिनालाई प्रतिवादी बनाइएको थियो । यसअघि उक्त मुद्धालाई न्यायाधीश कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले जेठ ३० गते बृहत पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।

यस घटनामा सरकारी वकिल कार्यालय काठमाडौंले पनि तीन जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । उनीहरूलाई फरार प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको थियो ।

यसैबीच काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पेप्सीकोलाबाट अडिओ पेश गर्ने राजकुमार तिमल्सिनालाई पक्राउ गरेको छ । उनलाई बिहीबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्