काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको बारेमा सोधपुछका लागि संसदीय छानबिन समितिले बोलाएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सभापति लामिछानेलाई सोधपुछका लागि शुक्रबार उपस्थित हुन भनेको हो ।
समितिका सभापति सुर्य थापाका अनुसार लामिछानेलाई सोधपुछका लागि शुक्रबार बोलाइएको छ । लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा समितिले सोधपुछका लागि भदौ ७ गते शुक्रबार दिउँसो २ बजे उपस्थित हुन भन्दै पत्राचार गरिएको थापाले बताए ।
लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडेसँग पनि बयान लिने भएको छ । सूर्यदर्शन, सानोपाइलालगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि समितिले दुवैलाई बोलाएको छ ।
छविलाल जीबी राईका व्यापारिक साझेदारसमेत हुन् । जोशीलाई गोरखा मिडिया नेटवर्कको सञ्चालककका हैसियतमा बयानका लागि बोलाइएको थापाले बताए ।














