Logo
Logo

सहकारी ठगी प्रकरण : आज छानबिन समितिले लामिछानेको बयान लिँदै


138.5k
Shares

काठमाडौं । सहकारी संस्थाको बचत अपचलन सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयान लिँदैछ ।

गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई आज दिउँसो २ बजे बयानका लागि बोलाएको समिति सभापति सूर्य थापाले जानकारी दिए ।

यसभन्दा अगाडि बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि सोधपुछका लागि बोलाइएको समितिले जनाएको छ । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न संसदले गत जेठ १५ गते एमाले सांसद थापाको नेतृत्वमा संसदीय छानबिन समिति गठन गरेको थियो ।

७ सदस्यीय समितिमा कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, नेकपा एमालेबाट सूर्य थापा र सरिता भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान छन् ।

सञ्चारकर्ममा हुँदा लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको करोडौं रकम अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्