Logo
Logo

दुईपटक प्रधानमन्त्री बन्ने विश्वप्रकाशको ‘एक्जिट पोलिसी’ अपरिपक्व : ज्ञानेन्द्र कार्की


10.2k
Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको ‘एक्जिट पोलिसी’को आलोचना गरेका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै कार्कीले जनताले चाहेसम्म जो-जतिपटक पनि चुनाव लड्न सक्ने बताएका हुन् । ‘विश्वप्रकाशजीले ल्याएको एक्जिट पोलिसी अपरिपक्व छ, अव्यावहारिक छ’, उनले भने ।

बैठकमा शर्माले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद बन्न नपाउने प्रावधान पार्टी विधानमै संहिताकृत गर्नुपर्ने प्रस्ताव सहितको प्रतिवेदन पेस गरेका छन् ।

कार्कीले महाधिवेशनको मिति तोक्न दबाब आइरहेको सन्दर्भलाई लक्षित गर्दै त्यसको औचित्य नरहेको बताए । महाधिवेशन समयमै सम्पन्न गर्न केन्द्रित हुनुपर्ने तर अहिले नै तिथि-मिति तोक्न आवश्यक नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्