Logo
Logo

तनहुँ बस दुर्घटना : सबै यात्रु भेटिए


6.7k
Shares

काठमाडौँ । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर-२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा पर्नेहरू सबै भेटिएका छन् ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार दुर्घटनामा चालकसहित ४३ जना परेको र सबैको उद्धार भइसकेको छ। दुर्घटनामा गम्भीर घाइते बनेका १६ उपचारका लागि काठमाडौं पुर्‍याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत दुई पटक गरेर १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको गौतमले जानकारी दिए । दुर्घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने बाँकीको अवस्था पनि अचेतावस्थामा रहेको गौतमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्