Logo
Logo

दुई मोटरसाइकल जुध्दा एकको मृत्यु


252
Shares

सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिका-५ स्थित भारदह–हनुमाननगर सडकअन्तर्गत सप्तरीको जोगिनियाँस्थित कोसी बाँधमा आज दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका–१५ बस्ने ५२ वर्षीय विनोदकुमार साहको मृत्यु भएको प्रहरी निरीक्षक अवधेशकुमार यादवले जानकारी दिए । भारदहबाट हनुमाननगरतर्फ आउँदै गरेको स२प ७२९६ नंको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको को३४प ५४५९ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी स२प ७२९६ नंको मोटरसाइकल चालक साहको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए । अर्को मोटरसाइकलका चालकसहित दुईजना घाइते भएका थिए । घाइतेको नाम र ठेगाना खुल्न सकेको छैन ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000