Logo
Logo

दोरम्बा पहिरो अपडेट : दुईको मृत्यु, ११ जना बेपता


252
Shares

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेकखर्क पहिरोमा परी २ जनाको मृत्यु भएको छ । पहिरोमा परेर मृत्यु हुनेमा स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका चण्डिका थापा मगर र उनका नाबालक छोरा रहेको प्रहरीले जनाएको छ । चण्डिकाको घरबाट एक बालिकालाई घाइते अवस्थामा उद्धार गरिएको छ । पहिरोमा परी ११ जना सम्पर्कविहीन छन् ।

पहिरोले चारवटा घर बगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भीमबहादुर थापा मगरको घरका तीन, उर्मिला पहरीको घरका चार, काले पहरीको घरका तीन र अर्को एक घरका स्थानीय सम्पर्कविहीन छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए ।

शनिबार रातीदेखि आएको भीषण वर्षासँगै बाढी र पहिरोले उक्त क्षेत्र सडक सम्पर्कविहीन हुन पुगेको छ । स्थानीय खोलाहरूमा आएको बाढीले दुईवटा पक्की पुलमा समेत क्षति पु¥याएको छ । बाढीले ढाइगाउँ खोला, छाङ खोला तथा घट्टे खोलाको पक्की पुल बगाएको छ ।

बाढीले बगाएको ढाइगाउँ खोलाको पुल बगाएपछि पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि जान कठिनाइ भएको प्रहरीले जनाएको छ । बाढीले रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाको पुलमा समेत क्षति पु¥याएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्