Logo
Logo

प्रहरीले जनताका मुद्दा बोक्नुपर्छ : गृहमन्त्री


819
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरीले जनताका मुद्दा बोक्नुपर्ने बताएका छन् । आज जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन र भौतिक पूर्वाधारहरूको उद्घाटन गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले जनताका मुद्दा बोक्दा त्यसैमा प्रहरीका मुद्दासमेत समेटिने उल्लेख गरे । गृहमन्त्री लेखकले भने, ‘प्रहरी साथीहरूलाई आत्मविश्वाससहित काम गर्न आग्रह गर्छु, जनताका मुद्दा बोक्नुप¥यो, जनताका मुद्दा बोक्दा आफ्ना मुद्दा पनि आइहाल्छन् ।’

उनले नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको भन्दै जनताले उचित सेवा पाउनुपर्ने बताए ।भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्