Logo
Logo

आवश्यकता अनुसार संविधान सशोधन हुन्छ : मन्त्री सिंह


252
Shares

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार गठनका बेला कांग्रेस–एमालेबीच भएको सहमति अनुसार नै सरकार अघि बढेको बताएका छन् ।

नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष एवं महिला नेतृ मङ्गलादेवी सिंहको मृति दिवसका अवसरमा काठमाडौंको शोभा भगवतीमा रहेको मङ्गलादेवीको सालिकमा माल्यार्पण गर्दै सिंहले यस्तो बताएका हुन् । उनले जनतालाई सुशासन दिने सवालमा सरकार गम्भीर भएर अघि बढेको धारणा राखे ।

आवश्यकता अनुसार संविधान सशोधन हुने उनको भनाइ छ । उनले अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको उल्लेख गरे ।

कार्यक्रममा मङ्गलादेवी फाउन्डेसनको अध्यक्ष सिर्जना सिंहले मङ्गलादेवी महिलाका लागि प्रेरणा श्रोत रहेको जनाउँदै उनले नेपाली महिला आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्