Logo
Logo

एमाले लक्षित बालेनको टिप्पणी- कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन


378
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) साहले अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर जनता माझ भ्रम नछर्न आग्रह गरेका छन् ।

नेकपा एमालेप्रति लक्षीत गर्दै बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि नलागेर आफ्नो कान छाम्न भन्दै व्यङ्गय गरेका छन् ।

उनले सर्वोच्च अदालतको आदेश आएपछि काठमाडौँ महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचाको २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएको बताएका छन् ।

उनले लेखेका छन्– ‘त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्न बाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ ।’

नेकपा एमाले काठमाडौं कमिटीका नेताहरुले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर महानगरपालिकाले जारी गरेको सूचना खारेज गर्न र सर्वोच्चको फैसलामा न्यायिक पुनरावलोकन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

२०६५ मंसिर १ मा मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमती र मनोहरा किनारको २० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने निर्णय गरेकामा सर्वोच्च अदालतले गत पुस ३ मा थप २० मिटर छाड्नुपर्ने परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्