Logo
Logo

नाडा अटो शो सुरू, अर्थमन्त्रीले गरे उद्घाटन


441
Shares

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ सुरु भएको छ । १६ भदौसम्म भृकुटीमण्डपमा सञ्चालन हुने शोको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका हुन् ।

यस अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएको छ । नाडा अटो शोका संयोजक अनुपकुमार बरालले प्रदर्शनीमा २४ ब्रान्डका चारपांग्रे, १९ ब्रान्डका दुई–पांग्रे र १२ ब्रान्डका हल्का व्यावसायिक गाडीहरू प्रदर्शनीमा राखिएको जानकारी दिए ।

लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण लगायत ३३ कम्पनीहरू अटो शोमा सहभागी छन् । प्रदर्शनीमा १३० वटा स्टल छन् । जसमा ७ वित्तीय संस्थाका स्टलहरू समेत राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्