Logo
Logo

रास्वपाको राष्ट्रिय भेलामा १४ सय प्रतिनिधि सहभागी हुने


504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्दैछ । उक्त भेलामा १४ सय प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ ।

पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले असोज १ र २ गते हुने भेलामा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले भने, राष्ट्रिय भेलामा १४ सय जना आधिकारिक प्रतिनिधि सहभागी हुनेछन् । तर, अनौपचारिक रूपमा त्यसभन्दा धेरैको अपेक्षा गरेका छौँ ।’

रास्वपाले यसअघि नै काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो । त्यस्तै आजको बैठकले १५ वटा उपसमिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्