
काठमाडौं । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन आयोगले औपचारिक घोषणा भने गर्न बाँकी छ ।
डेढ महिनाअघि अध्यक्ष र महासचिव सर्वसम्मत गरेको एकीकृत समाजवदीले आकांक्षी धेरै भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्य का लागि आज निर्वाचन गर्न लागेको हो ।
केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट अब ६ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चयन हुनेछन । त्यस्तै २०४ प्रतिस्पर्धीबाट १०५ जना पोलिटब्युरो सदस्य निर्वाचित हुनेछन् ।














