काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार पुन: महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् ।
एक नेताका अनुसार सभापति देउवाले केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जन गराउने विषयमा छलफल गर्न बिहीबार बिहान ९ बजे बोलाएका हुन् ।
देउवाले मंगलबार महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरे पनि सहमति जुट्न सकेन । देउवाले प्रतिवेदन परिमार्जन गर्नुपर्ने अडान राखेका थिए । तर महामन्त्रीद्वयले परिमार्जन गर्न नहुने आ-आफ्ना तर्क राखेका थिए ।
देउवाले महामन्त्रीद्वयसँग बिहीबार छलफल गर्ने भएपछि मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै भदौ १२ गते बस्ने बैठक भदौ १६ गतेका लागि सारिएको जानकारी दिएका छन् ।