काठमाडौं । हिमालयन बैंकले भदौ ११ गते देखी भदौ १६ गते सम्म काठमाडौं भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा सहभागिता जनाएको छ ।

हिमालयन बैंकले नाडा अटो शो मा परिवर्तित ब्याजदरमा ९.५१ प्रतिशतसम्म कर्जा दिने भएको छ । बैंकले विद्युतीय सवारीका लागि ८.८३ प्रतिशतको आधारदरमा ०.५३ प्रतिशत प्रिमियम जोडेर ९.३६ प्रतिशतमा र इन्धन सवारीका लागि ०.६५ प्रतिशत प्रिमियम जोडेर ९.५१ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ । बैंकले ०.५ प्रतिशत सेवाशुल्क लिने जनाएको छ ।














