काठमाडौं । साफ यू–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र बङ्लादेशबीच प्रतिस्पर्धा भइरहेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मुख्यालयको खेलमैदानमा जारी खेलमाबङ्गलादेशले नेपालमाथि २–० गोलको अग्रता बनाएको छ ।
खेलको ९औँ मिनेटमा निराजन धामीको उत्कृष्ट प्रहार बङ्गलादेशका ‘किपर’ मोहमद आसिफले बचाउ गरे । खेलको ५४औँ मिनेटमा मिलिजुली इस्लामले गोल गर्दै बंगलादेशलाई २–० को आग्रता दिलाए ।
बङ्गलादेशलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनशिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्न चाहन्छ । यसअघि नेपालले सन् २०१५ र १०१७ मा साफ च्याम्पियनशिपको उपाधि जितेको थियो । त्यसो त बङ्गलादेश पनि पहिलोपटक उपाधि उचाल्ने दाउमा रहेको छ ।