Logo
Logo

माओवादी केन्द्र एकताबद्ध छ : प्रचण्ड


567
Shares

सुदूरपश्चिम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र एकताबद्ध रहेको बताएका छन् ।

सो पार्टीको दुई दिने सुदूरपश्चिम प्रदेश परामर्श बैठक समापनपछि आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी पार्टी फुट्छ भन्ने हल्ला खारेज भइसकेको दाबी गरे । उनले भने, ‘माओवादी केन्द्र फुट्दैछ भनेर गरिएको हल्ला गएको स्थायी समितिको बैठकले खारेज गरिसक्यो, पार्टी एकताबद्ध छ ।’

अध्यक्ष दाहालले माओवादी घटकसँग एकता गर्नेबारे वार्ता भइरहेको र समाजवादी मोर्चामा रहेका अन्य क्रान्तिकारी शक्तिसँग एउटै पार्टी बनाउने छलफल चलिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्