Logo
Logo

धनुषामा थप दुई जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २१९ पुग्यो


- दृष्टि न्युज/संवाददाता


धनुषा, ३१ बैशाख । धनुषामा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनसुसार मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार जनकपुुर उपमहानगरपालिकाकमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रदेश नम्बर–२ मा कोरोना संक्रमित हटस्पट बनेको छ । धनुषामा थप दुई जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । तीमध्ये अहिलेसम्म ३४ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरसको संक्रमण तिव्ररुपमा बढेसँगै सरकारले पुनः लकडाउन कडा पार्न निर्देशन दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना जोखिम कायम रहेकाले लकडाउन कडा पार्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्