Logo
Logo

आगामी महिनाभित्र सिंहदरबार प्रवेशमा ई-पास प्रणाली कार्यान्वयन गर्ने सरकारको निर्णय


378
Shares

काठमाडौँ । सरकारले आगामी महिनाभित्र सिंहदरबार प्रवेशमा ई-पास प्रणाली कार्यान्वयन गर्ने भएको छ ।

सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सबै मन्त्रालयका सचिवहरूको बैठकले सिंहदरबार प्रवेशमा ई-पास प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ, ‘गृह मन्त्रालयले सहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा एक महिनाभित्र सिंहदरबार प्रवेश गर्दा ई–पास प्रणाली कार्यान्वयनमा ल्याउने ।’

बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धतालाई प्रत्येक मन्त्रालयले आ-आफ्नो कार्यक्रममा उच्च प्राथमिकताका साथ समावेश गरी कार्यान्वयनलाई शीघ्रता दिने निर्णय पनि गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न क्युआर कोडसहितको एप विकास गरी १५ दिनभित्र लागु गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्