Logo
Logo

आज ओमानसँग अन्तिम खेल खेल्दै नेपाल


504
Shares

एजेन्सी । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ । नेपालले जारी सिजनको अन्तिम खेल ओमानसँग खेल्ने भएको हो ।

खेल क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजेबाट सुरु हुनेछ । नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेलमा पराजित भएको छ । घरेलु टोली क्यानडासँग २ र ओमानसँग १ खेल खेल्दा तीनै खेलमा नेपाल पराजित भएको छ ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्