काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आज सुरु हुँदै छ ।
त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा असोज १४ गतेसम्म चल्ने सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन दिउँसोे १ बजेदेखि सुरु हुने नेता पवन कार्कीले जानकारी दिए ।
भोलि विहान ८ बजेदेखि बन्दसत्र सुरु हुनेछ । उक्त दिन विधान तथा प्रतिवेदन पेस हुनेछ । त्यसपछि समूह विभाजन गरी छलफलका लागि बन्दसत्र खुला गरिनेछ ।
असोज १२ गते विधान प्रतिवेदनबारे समूहगत छलफल, निष्कर्ष तथा रिपोर्टिङ गरिनेछ । सोही दिन प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ ।
असोज १३ गते बिहान ८ बजे निर्वाचन कार्यक्रम सुरु हुनेछ र असोज १४ गते बिहान ८ बजेदेखि मतदान हुने आयोजकले जनाएको छ ।