Logo
Logo

सिधाकुरा डटकमविरुद्धको मुद्दामा आज सुनुवाइ


252
Shares

काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमविरुद्ध अदालतको अवहेलना मुद्दामा आज निर्णय सुनुवाइ हुने भएको छ । मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको बृहत पूर्ण इजलासमा पेशी चढेको छ ।

यसअघि पटकपटक निर्णय सुनाउने मिति तोकिएपनि बृहत् पूर्ण इजलासले निर्णायक सुनुवाइको मिति सार्दै आएको थियो । भदौ २० गतेको बृहत पूर्ण इजलासले मुद्दाको निर्णय सुनुवाइका लागि आज मिति सारेको थियो ।

बृहत् पूर्ण इजलासमा प्रधानन्यायाधी विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी,विनोद शर्मा,महेश शर्मा पौडेल र बालकृष्ण ढकाल छन् ।

सिधाकुरा डटकमले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश आनन्दमोहन भट्टराई, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियासहितको नाम जोडेर तथ्यहीन सामग्री प्रसारण गरेको थियो ।

यसपछि झुट्टो समाचार प्रसारण गरी अदालतको अपहेलना गरेको भन्दै सिधाकुराका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सिनालाई प्रतिवादी बनाइ मुद्दा दर्ता भएको थियो ।

सो अडियोमाथि अनुसन्धान गर्दै नेपाल प्रहरी प्रधान, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिधा कुरा डटकमले प्रसारित गरेको अडियो ‘फेक’ भएको ठहर गर्दै प्रतिवेदन पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्