Logo
Logo

ओली नेतृत्व सरकार लामो समय टिक्दैन : प्रचण्ड


2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार लामो समय नटिक्ने दावी गरेका छन् । 

बिहीबार काठमाडौंको किर्तिपुरमा पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन उद्‌घाटन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस-एमालेबीच आन्तरिक विवाद सुरु भइसकेको भन्दै वर्तमान सरकार लामो समय नटिक्ने दावी गरेका हुन् । 

केही समयभित्रै कांग्रेस-एमालेको गठबन्धन भत्किएपछि के गर्ने भन्ने सोच्नुपर्ने अवस्था आएको उनले बताए । प्रचण्डले भ्रष्टाचारीलाई बचाउन संख्याको बलमा आफूलाई प्रधानमन्त्रीबाट हटाएको उल्लेख गरे ।

सरकारबाट निक्लिँदै गर्दा कार्यकर्ताहरू सडकको बाघ र आफू प्रतिनिधिसभाको सिंह भएर निक्लेको उनले बताए । त्यस्तै प्रचण्डले जनयुद्धदेखि शान्ति प्रक्रियामा आएपछि पनि कहिँ न कहिँ घेरा हाल्ने र माओवादी आन्दोलनलाई सिद्धयाउने षड्‌यन्त्र हुँदै आएको भन्दै षड्यन्त्रको घेरा तोड्दै अघि बढ्ने जिकिर गरे । ठूला दलहरू मिलेर अहिलेसम्मको उपलब्धीलाई नै उल्टाउने प्रयास भइरहेकाले सडकबाट प्रतिक्रियावादीलाई झकाउने उनको भनाइ छ ।

उनले समाजवादी मोर्चा र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने अभियानमा रहेको बताए । केही समयभित्रै एकता र मोर्चाको नयाँ समाचार सुन्न पाउने उनले बताए ।  

उनले माओवादीले सरकारको नेतृत्व गरेको बेलामा गरेका महत्वपूर्ण कामको चर्चा गर्दै यसलाई आम जनतामा स्थापित गर्नुपर्ने बताए । प्रचण्डले लोकतान्त्रीक पद्दती अनुसार सङ्गठनका नेतृत्व चयन गर्न सुझाव दिँदै सङ्गठनको नेतृत्व चयनमा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारे । नेतृत्व निर्माणका क्रममा कुनै गुटबन्दी नगर्न उनले निर्देशन समेत दिए । 

प्रतिक्रिया दिनुहोस्