काठमाडौं । बागमती नदीले खतराको तह पार गरेको छ।
उपत्यकाको खोकना जलमापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरै माथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

यहाँ खतराको तह ४ मिटर रहे पनि बाढी बढेर ५ मिटरमा पुगेको छ । अझै बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेले भोलि दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
उपत्यकाका अन्य खोला र नदीहरू भने सावधानीको तहमा पुगेको छ । उपत्यकाको नदी तटीय क्षेत्रमा डुबान हुन थालेको छ ।














