काठमाडौँ । काठमाडौंको बुढानीलकण्ठमा चार थान हतियार भेटिएको छ । प्रहरीका अनुसार दुई वर्षदेखि ताला लगाएको एक घरमा चार थान हतियार भेटिएको हो ।

घरधनीको उजुरीपछि ताला फुटाएर हेर्दा हतियार भेटिएको प्रहरीले जनाएको छ । घर भाडामा लगाएको र लामो समयसम्म भाडामा दिएको मान्छे नआएपछि जनप्रतिनिधिसहितको रोहभरमा ताला फुटाइएको थियो ।














