Logo
Logo

झापामा थप ८ जनामा संक्रमण पुष्टि, अहिलेसम्म ४९ जनाले जिते कोरोना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ जेठ । झापामा पुन: ८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।
यसअघि बिहीबार बिहान ७ जनामा कोरोना पुष्टि भएको थियो । तीमध्ये झापामा १५ संक्रमित पुष्टि भएको थियो । झापाका संक्रमितहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्ति भएको जनाइएको छ ।
यस्तै बिहीबार चारजना टेकु अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षीया महिला, ३७ र २७ वर्षीय पुरुष ९ दिन लामो उपचारपछि डिस्चार्ज भएका हुन् । अहिलेसम्म ४९ जना निको भएर घर फर्किएका छन् ।
नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । पल्लिो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्