Logo
Logo

डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, १२ घाइते


252
Shares

धनगढी । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । गएराति अमरगढी नगरपालिका–७ को खसरेखानमा पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुईदिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको छ ।

बस महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको थियो । दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बसमा १७ जना सवार रहेकोमा एकजना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्