Logo
Logo

तीन दलका शीर्ष नेताको बैठक : संक्रमणकालीन न्याय सम्पादनबारे छलफल


756
Shares

काठमाडौँ । तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संक्रमणकालीन न्याय सम्पादनबारे छलफल भएको माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले बताए ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि शुक्रबार बस्ने क्याबिनेटले सर्च कमिटी टुङ्ग्याउने विषयमा सहमति भएको बस्नेतले बताए ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, उपमहासचिव बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्