
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको हो ।बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर सर्वत्र तर्क वितर्क भइरहेका छन् । बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने बताइएको छ ।
यस्तै आजको बैठकमा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङबाट दानका रुपमा लिएको जग्गाका विषयमा पनि छलफल हुने बुझिएको छ । झण्डै ११ रोपनी जग्गा एमालेले लिएपछि पार्टीभित्रैबाट आलोचना भइरहेको छ ।














